निर्देशक राजकुमार हिरानीसँग फिल्म गर्दै शाहरुख

काठमाडौं । अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ ।

भारतीय मिडियाले फिल्मको छायांकन १५ अप्रिलबाट सुरु हुने जनाएका छन् ।

इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ ।

शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन् । अब उनले हिरानीको फिल्म सुरु गर्दैछन् । पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार