सर्लाहीमा बस पल्टियो, २४ जना यात्रु घाइते

सर्लाही । सर्लाहीमा बस पल्टिएको छ । ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिदा चालकसहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागि प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार