एआईजी सिफारिसविरुद्धको रिटमा तोकिएको पेसी स्थगित

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि गरिएको बढुवा सिफारिसविरुद्ध परेको रिटकाे आज तोकिएको पेसी स्थगित भएको छ ।

अन्तरिम आदेशको छलफल गर्न सोमबारका लागि तोकिएको पेसी सर्वोच्च अदालतले स्थगित गरेको हो।

डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्कीले वरिष्ठता मिचेर एआईजीका लागि सिफारिस गरिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्।

यसअघि कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न चैत २८ गते पेशी तोक्न आदेश दिएका थिए।

न्यायाधीश चुडालले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि मात्र त्यसबारे निर्णय गर्ने निष्कर्ष निकालेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार