इमरान खानले भने- ‘अब विदेशी षड्यन्त्रविरुद्ध संघर्ष’

एजेन्सी । इमरान खानले अब विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु भएको उद्घोष गरेका छन् । प्रधानमन्त्री पद छाडेपछि पाकिस्तानको राजधानी लाहोरमा आइतवार अर्को र्याली निकाल्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

आफ्नो देशमा जनताद्वारा निर्वाचित सरकारलाई ध्वस्त पार्न विदेशी षड्यन्त्र भइरहेको खानको दाबी छ । पाकिस्तानमाथि भएको वैदेशिक हस्तक्षेपको जवाफ जनताले दिने उनको भनाइ छ । यसअघि ट्विट गर्दै खानले भनेका थिए, ‘आजदेखि पाकिस्तानमा सत्ता परिवर्तनको विदेशी षड्यन्त्रविरुद्ध स्वतन्त्रताको संघर्ष सुरु हुन्छ ।’

यसैबीच, पाकिस्तानमा सोमवार नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरु हुँदैछ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले शाह महमूद कुरेशीलाई उम्मेदवार बनाएको छ । उनी विपक्षी दलका संयुक्त उम्मेदवार शाहबाज सरिफसँग प्रतिस्पर्धा गर्दैछन् ।

इमरान खानले बारम्बार आफूलाई ‘विदेशी शक्तिहरूले सत्ताबाट हटाउन षड्यन्त्र गरेको’ आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार