तालमेलको मोडालिटी टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठक आशन्न स्थानीय निकायको निर्वाचनमा हुने चुनावी तालमेललगायत समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ ।आज गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।

आइतबार बसेको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दलबीच हुने सहमतिलाई प्राथमिकता दिने भन्दै समय समेत थप गरेको छ ।

गठबन्धनले सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहसम्म चुनावी तयारीका लागि संयन्त्र गठन गरेको थियो । ती संयन्त्रमार्फत् सातै प्रदेशबाट प्राप्त सुझावहरूमाथि केन्द्रीय संयन्त्रले छलफल गरेर विभिन्न निष्कर्षहरू निकालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार