मिथुन राशिका लागि चम्किनेवाला छ नयाँ वर्ष २०७९

मिथुन राशि/Gemini (का.कि.कु.घ.ङ.छ.के.को.ह.) : मिथुन राशिको लागि वि.सं. २०७९ सालको माघसम्म अढैया शनिको विपरित असर छ । तथापि वर्षको पूर्वार्धमा संघर्ष एवं स्वास्थ्यमा विभिन्न सिकायतको बाबजुत व्यापार व्यवसायबाट राम्रो लाभ हातपार्न सकिने छ । भने उद्योगधन्दा फस्टाउने छ । जागिरमा पदोन्नति हुनेछ ।

रोजगारीको खोजिमा रहेकाहरूलाई नोकरी मिल्ने छ । केही समस्याको बाजुत सन्तानाभिलाषीका लागि सन्तानको प्राप्ति हुनेछ । विवाह योग्य युवायुवतीको लागि लगनगाँठो कसिनसक्ने छ । प्रेमसम्बन्धमा पनि मधुरता बढ्ने छ । एब्रोडस्टडि तथा अन्य वैदेशिक यात्राको पर्खाईमा रहनेहरूको लागि पनि यो वर्ष अनुकूल यात्राप्रद रहने छ ।

यो वर्ष तपाईको पुण्यको फल उदाउने हुनाले घरपरिवारमा धार्मिक आध्यात्मिक एवं माङ्गलिक कार्य संपादन गर्नसकिने छ । तीर्थाटनको अवसर पनि मिल्ने छ । आत्मज्ञानको खोजीमा रहेका मुमुक्षुहरूको लागि ब्रह्मज्ञानी गुरुजनबाट दिक्षित हुने सौभाग्य मिल्ने छ । सामाजिक प्रतिष्ठा पनि बढेर जानेछ । कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिने छ ।

तपाईलाई यो वर्ष घरघडेरी तथा जग्गाजमिन एवं वरवाहान जोडाउन मद्दत पुर्याउने ग्रहगोचर परिषद्को राय देखिन्छ । पशु चौपायाबाट पनि लाभ हातपार्नसकिने छ । कलासङ्गीत क्षेत्रका व्यक्तिहरूले पनि यो वर्ष राम्रो प्रख्याति बटुल्नसक्नु हुनेछ । राम्रो धनार्जनको साथमा प्रदेशी घर फर्कन पाइने छ।

स्वास्थ्यमा अझैपनि झिकझ्याक हुनसक्ने ग्रहगोचर छ, आहारविहार एवं दीर्घरोगीले औषत्रधोपचारमा ख्याल पुर्याउनु नै उचित हुनेछ । वर्षको मध्यपछि सन्तानको पक्षमा ग्रहगोचरले त्यति अनुकूलता दिनसकिरहेको देखिँदैन । जसले गर्दा सन्तानको पक्षबाट केही असन्तोष व्यहोर्न पनि सक्ने छ ।

गर्भावस्थामा रहेका दम्पतिले विशेष ख्याल गर्नुपर्ने देखिन्छ । महादशा अन्तर्दशा योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अप्नाउन जरुरी देखिन्छ । वर्षान्ततिर भइसकेको कारोबार उल्टिनसक्ने भय देखिन्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार पनि कारकत्त्व विचार पुर्याउन जरुरीे हुन्छ ।

रपनि राशिको आधारमा आफूलाई फाप्ने रङ्ग र नं जान्न चाहनुहुन्छ भने सामान्यतया मिथुन राशि हुने व्यक्तिहरूले हरियो, निलो, सेतो र कालो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ । यसै गरी २, ३ र ७ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने ९ अङ्कको प्रयोग मध्यम रहनेछ ।

यो वर्ष मिथुन राशिका व्यक्तिहरूले महाकालशनिमृत्युञ्जयको पाठको साथमा पवनपुत्र हनुमान र भैरवदेवको साथै वर्षको मध्यबाट माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति, जपपाठ, स्तुति गर्नु वा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले शनि र केतुको साथै वर्षको मध्यउपरान्त गुरु बृहस्पतिको शान्ति उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । यसैगरी महादशा, अन्तर्दशा एवं योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले सम्बन्धित दशाको विशेष शान्तिका उपाय गर्नु बुद्धिमानी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार