कर्कट राशिलाई यी कामका लागि निकै शुभ छ नयाँ वर्ष २०७९

कर्कट राशि/Cancer (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) : कर्कट राशि हुनेहरूको लागि वि.सं. २०७९ सालको वर्षको मध्यसम्म गुरु बृहस्पति, यसै गरी वर्षभरी नै शनि, राहु र केतु ग्रह विपरित अवस्थामा रहेका छन् । ग्रह गोचरको यो स्थितिले यहाँलाई यो वर्ष शुरुमा अक्रोश एवं तनाब र दौडधूप बढाउने छ । भइसकेको कुनै कारोबार उल्टिएर वेचैनी दिनसक्ने छ । लुच्चो चरित्रको व्यक्तिको हातमा धन जाने र त्यसको उठतीको सुनिश्चितता नहुँदा त्यसले ठूलै मनोभय ल्याउने तथा मनोवैज्ञानिक असर हुनसक्ने छ, समयमै होसियारी अप्नाउनसके बुद्धिमाने हुनेछ ।

पितृमातृ एवं मान्यजनलाई पिर्ने ग्रहगोचर छ । आफ्नै स्वास्थ्यमा पनि कष्ट हुने संकेतहरू प्रसस्तै देखिन्छ । पैतृक संपत्ति, साँधसीमा आदि विषयमा किचलो हुने, छरछिमेक तथा साँध सँधियार, साथी भाइबीच असमझदारी बढ्ने र पारिवारिक समझदारी कायम हुन नसक्ने जस्ता स्थितिको सामना गर्नुपर्ने छ । जग्गाजमिन तथा घरघडेरीको किनबेच आदिमा समेत सचेत हुन जरुरी छ । स्वास्थ्यमा ग्रन्थीलगायतका रोगले दुःख दिने छन् । चोटपटक दुर्घटना एवं घाऊखटिराको भय पनि देखिएकोले सावधानीपूर्वक संबन्धित कार्य संपादन गर्नु उचित हुनेछ ।

छलकपटजन्य व्यवहारमा फसाउने गोचर रहेकोले प्रेम तथा वैवाहिक सम्बन्धको बारेमा विचार पुर्याएर मात्रै अघि बढ्नु उचित हुनेछ । दाम्पत्य सम्बन्धमा कष्ट एवं शंकाआशंका उब्जनसक्ने सम्भावना छ ।

ईज्जत प्रतिष्ठामा आँच पुग्ने खालको अवैध तथा कैफियत आम्दानी तर्फ मन आकर्षित हुनसक्ने खतरा छ, निकै सावधानी र संयम अप्नाउनु होला । पशुचौपाया, बरबहान तथा गाडी आदि सवारीसाधन खरिदको लागि यो समय त्यति अनुकूल नदेखिएकोले सकेसम्म खरिद नगरेकै राम्रो हुनेछ, कथंकदाचिन खरिद गर्नैपर्ने छ भने वर्षको मध्योपरान्त तसै अनुकूल हुनेछ ।

महादशा अन्तर्दशा योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अप्नाउन जरुरी देखिन्छ । कुसंगतको चक्रव्यूह नपर्ला भन्न सकिन्न । नहुने काममा मन जाने र नोक्सानी भइसके पछि बल्ल होश खुल्ने छ । गुरुजन, मान्यनजको अर्ति नमान्दा पछि पछुतोमा परिने छ । जालसाँची तथा किर्तेकार्यमा फसाउन खोज्नेहरूको षड्यन्त्रमा फसिन सकिने छ होसियारी अप्नाउनु होला । मुद्धामामिलाको भय पनि छ । ग्रहले ऋणवृद्धि गराउन खोज्दैछ, गरिने कामकार्यमा निकै विचार पुर्याएर गर्नु बुद्धिमानी हुनेछ ।

धर्माचरण एवं इष्टसाधनाको बलले कतिपय ग्रहगोचरजनित अनिष्ट फललाई टार्न पनि सकिने हुनाले उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ, जसबाट आकस्मिकरूपमा केही शुभफल पनि प्राप्त गर्न तथा अशुभफललाई घटाउन सकिने छ ।

वर्षको मध्यपछि विशेष कामको जमर्को हुने तर, गरिपुर्याउन कठिनपर्ने हुनेछ । सफलताको लागि जन्मकुण्डलीमा गुरु बृहस्पति कारक रहेको हकमा राम्रो खालको पुष्पराजको धारण गरी अघि बढ्नु बुद्धिमानी हुनेछ । जसबाट विद्या क्षेत्रमा केही सुधारको अपेक्षा गर्न सकिन्छ । अन्यपक्षमा पनि क्रमिक रूपमा केही सुधार भएर जानेछ, रोगीलाई उपचार लाग्न थाल्ने छ । ठूला अड्चनहरू हट्दै जाने छन् । व्यापार व्यवसाय एवं नोकरी आदि पेशागत क्षेत्रमा पदप्रतिष्ठा, आयआम्दानी बढेर जाने छ ।

विषयान्तरतिर लागेर समय खर्चनुभन्दा समयको सदुपोग गरी कर्मयोगलाई महत्त्व दिए काम बनाउन र लाभ उठाउन सकिने छ । विशेष ठानिएको काममा भने अल्झन आउनसक्ने देखिएकोले ग्रह उपचारको उपाय अप्नाउनु उचित हुनेछ ।

अध्ययनमा शिक्षण संस्था एवं विषय परिवर्तनको ईच्छा हुने संभावना देखिएको छ । रोजगारीको लागि साविकभन्दा बढीनै उपाय गर्नुपर्ने देखिन्छ । राजनीति समाजसेवा आदिमा केही आलोचना तथा अपयशको बाबजुत आंशिक सफलता मिल्ने छ ।

अनिष्ट ग्रहफललाई हटाउन तथा शुभफललाई बढाउन कर्कट राशिले यो वर्ष वर्ष भरीनै इष्टदेवको साथमा महावीर हनुमान एवं भैरवदेवको साथै वर्षको मध्यसम्म माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको स्तुति आराधना उपाशना अवलम्बन गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले शनि र राहु एवं केतुको वर्ष भरी र वर्षको मध्यसम्म गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार