कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडाैं । आज प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ।

त्यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार