नेपाल श्रीलंकाको बाटोमा ? चीनले के देख्यो नेपालको आर्थिक अवस्था ?

काठमाडाैं । चिनिया समाचार संस्था सिन्ह्वाले आज आइतवार “नेपालले सवारीसाधन र अन्य अत्यावश्यक वस्तुको आयातमा रोक लगाएको” शिर्षकमा एउटा समाचार प्रकाशित गरेको छ। नेपालको विदेशी मुद्रा सञ्चिति,हाल केन्द्रीय बैंकको लक्ष्यभन्दा तल गएको र यसले ६-७ महिनासम्म मात्र विदेशी वस्तुको आयात धान्न सक्ने जनाइएको छ। नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये सवारीसाधन र स्पेयर पार्टस रहेको बताइएको छ ।

नेपालको केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सवारीसाधन र अन्य अत्यावश्यक वस्तुको आयातमा नयाँ ऋणपत्र जारी नगर्न पनि देशका वाणिज्य बैंकहरूलाई निर्देशन दिएको भनिएको छ ।

“हामीले वाणिज्य बैंकका उच्च अधिकारीलाई अत्यावश्यक मानिने सवारी साधन र अन्य सामानको पैठारीका लागि ऋणपत्र जारी नगर्न निर्देशन दिएका छौं”, नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ ‘संकटको समयमा विलासिताका सामानमा खर्च गर्नुको सट्टा औषधिजस्ता अत्यावश्यक वस्तु खर्च गर्न विदेशी मुद्रा सञ्चित गर्नु जरुरी छ ।”

गत वर्ष जुलाई महिनाको मध्यदेखि शुरु भएको चालु आर्थिक वर्षको सुरुवातदेखि नै बढ्दो आयात, घट्दो रेमिट्यान्स प्रवाह तथा बन्दप्राय: पर्यटन र निर्यातको कारण विदेशी मुद्रा सञ्चिति निरन्तर ओरालो लागेको देखिएको जनाइएको र यो सञ्चिति १७ प्रतिशतले घटेर ११.७५ अर्ब अमेरिकी डलरबाट ९.७५ अर्ब अमेरिकी डलर पुगेको फेब्रुअरीसम्मको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार भनेर सिन्ह्वाको समाचारमा जनाइएको छ।

विदेशी मुद्रा आम्दानीको अनुपातमा बढ्दो आयातले नै विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको र यसले भुक्तानी घाटाको रेकर्ड बनाउन मद्दत पुगेको तथा देश श्रीलंकाको दिशातिर अगाडि बढ्दै गएर चिन्ता बढाएको उल्लेख गरिएको छ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको भुक्तानी सन्तुलन २ अर्ब ७ करोड डलर रहेको र अन्य उपायहरुले काम नगर्ने देखिएपछि केन्द्रीय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैंकले “सवारी साधनलगायतका अत्यावश्यक वस्तुहरूको लागि ऋण पत्र नखोल्न स्पष्ट रूपमानिर्देशन दिएको छ, र हामी निर्देशन पालना गर्नेछौं,” हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सिन्ह्वालाई भने।

“हामीलाई सवारी साधनको आयातलाई निरुत्साहित गर्नाले इन्धनको खपत घटाउन पनि योगदान पुर्‍याउने बताए,” उनले भने।

रुस–युक्रेन द्वन्द्व र अन्य कारणले अन्य मुलुकमा जस्तै नेपालमा पनि इन्धनको मूल्य बढेको छ ।

नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये सवारीसाधन र स्पेयर पार्टस हुन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा दक्षिण एसियाली मुलुकले ७५ अर्ब ९५ करोड नेपाली रुपैयाँ (करिब ६२ करोड ६० लाख अमेरिकी डलर)का सवारी साधन तथा पार्टपुर्जा आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार