एमाले दाङले आज वडा अध्यक्ष र सदस्यको उमेद्वार सिफारिस गर्दै

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले दाङले आईतबार वडा तहका उमेद्वारको टुंगो लगाउने भएको छ ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उठ्ने उमेद्वारको छनोट गर्न आईतबार जिल्लाका एक सय वडामा संगठित सदस्यहरुको भेला हुदै छ ।

उक्त भेलाले सकेसम्म सर्वसम्मत उमेद्वार छनोट गरि सिफारीस गर्ने छ । यदि सर्वसम्मत हुन नसेके वडा अध्यक्ष पदमा कम्तिमा एक जना महिला सहित तीन जना र ४ सदस्यका लागि ८ जनाको नाम सिफारीस गर्न सक्ने पार्टी सचिब मनोहर बुढाथोकीले जानकारी दिनुभएको छ ।

सोमबार पालिका कमिटीको बैठक बस्ने र वडा कमिटीबाट सिफारीस भई आएका उमेद्वारहरुको नाम जिल्ला कमिटीमा पठाउने छ । मंगलबार जिल्ला इन्चार्ज, सहइन्चार्ज र जिल्लाका पदाधिकारीहरुको बैठकमा आह्वान गरि सुझाब सहित प्रदेश कमिटीमा सिफारीस गर्ने कार्यक्रम रहेको छ ।

पालिकाको वडा अध्यक्ष र वडा सदस्यहरुको उमेद्वारको नाम टुङगो लगाउने सम्पुर्ण जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय एमाले दाङले गरेको छ । यसरी नेकपा एमालेले यही चैत्र महिनाको अन्तिमम सम्म उमेद्वारको टुंगो लगाएर चुनाबमा होमिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार