दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु, २ जना घाईते

दाङ । दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्युभएको छ । मोटरसाईकल दुर्घटनामा छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको छ भने चालक छोरा र पछाडि बसेकी छोरी घाइते भएका छन् ।

घोराहीको कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही ८ बनगाउँमा शनिबारराती दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका १७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहित हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएको र उनिहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । तिब्र गतिमा रहेका कारण दुर्घटना परेको प्रहरी अनुसन्धानले देखाएको छ । चैते दसैं मानेर आफन्तको घरबाट फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन् ।

यसैबिच घोराही तुलसीपुर सडक खण्डमा भारतिय नम्बर प्लेटको ट्रकले ठक्कर दिदा एक बालकको मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका १७ मज्गै चोकमा यूपी ४२ विपी २४०१ नम्बरको ट्रकले ठक्कर दिदा सोही ठाउँका ८ बर्षिय योगश बस्नेतको मृत्युभएको हो ।

गम्भिर घाईते बालकलाई उपचारका लागि लखनउ लग्ने क्रममा बाटो मै मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार