निर्वाचन आचारसंहिताः प्रचारका लागि साइकल प्रयोग गर्न नपाइने, हेलिकप्टर भने पाइने

काठमाडौं। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज बिहीबार मध्यरातिदेखि लागु हुने भएको छ।

आचासंहिता लागु भएपछि प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग पाइने तर साइकल प्रयोग गर्न नपाइने जनाइएको छ।

निर्वाचन आयोगकका अनुसार दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा रहन पाउनेछन्। तर साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने पाइनेछैन।

आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको छ।

आयोगको आचारसंहिता अनुसार कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइनेछैन। स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुनेछ।

कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ।

यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइनेछैन। त्यस्तै कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार