प्रहरीतर्फ विभाग फुटाइएपछि यस्तो बन्यो चेन अफ कमाण्ड

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले आफू मातहतका विभाग,निर्देशनालय, ब्यूरो,महाशाखा,शाखा तथा कार्यालयबीच आदेश श्रृंखलाको पुनरावलोकन गरेको छ ।

मन्त्रिपरिषदको गत फागुन ५ गतेको बैठकको निर्णयअनुसार कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागलाई टुक्राएर नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कायम गरिएको छ ।

मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा,तालिम शाखा,भर्ना छनौट शाखा,कर्मचारी प्रशासन शाखा र नयाँ दिल्ली कन्सुलर शाखा रहने उल्लेख छ । त्यसैगरी नेपाल प्रहरी विद्यालय साँगालाई पनि मानवस्रोत विकास विभागअन्तर्गत राखिएको छ ।

प्रशासन विभागमा आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय,भौतिक पूर्वाधार निर्देशनालय र भौतिक पूर्वाधार महाशाखा राखिएको छ । अन्य शाखाहरुमा बजेट शाखा, भण्डार शाखा,प्रबन्ध शाखा र आन्तरिक लेखापरीक्षण पनि राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार