रुस संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित, नेपाल अनुपस्थित

काठमाडौँ । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ। संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए।

भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए। नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो। चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार