दाङमा २ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

दाङ । सरकारले पहिलो पटक देशव्यापी रुपमा टाइफाइड खोप अभियान २०७८/ ७९ सञ्चालन गरेको छ । उक्त अभियान दाङका केही पालिकामा बुधबार देखि सुरु भएको छ भने केही पालिकामा शुक्रबारदेखि सुरु हुँदैछ । दाङका दशवटै पालिकाका १५ महिनादेखि १५ वर्षसम्मका २ लाख २१ सय ३४ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

तिमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेका ३४ हजार ९ सय ६६ जनालाई खोप लगाउँने लक्ष्य छ । खोप कार्यक्रम सञ्चालनका दाङका ६२९ विद्यालयममध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरिएको र ७६० सिफ्टमा खोप लगाईने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

जसअन्तरगत तुलसीपुर उपमहानगरपालकाका १९ वटै वडामा ५९ हजार ४ सय ७३ जना बालबालिकाहरलाई टाईफाईडविरुद्धको खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ । तुलसीपुर क्षेत्रका १२७ वटा विद्यालयबाट ५० हजार १३५ जना बालबालिका र विद्यालय बाहिर रहेका ९ हजार ३३८ जना गरी झन्डै ५९,४,७३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । शुक्रबार देखि तुलसीपुरमा सुरु हुने खोप अभियानका लागि २ सय ९८ स्वाथ्यकर्मीसहित स्वयंसेवकहरु खटिएका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिकामा पनि शुक्रबारदेखि सञ्चालन हुने खोप कार्यक्रममा ६५ हजार ४६१ जना बालबालिकालाई टाईफाईडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाका ठाकुर खनालले जानकारी दिए । १५ महिना देखि २३ महिनासम्मका २९ सय ७८ जना र २ वर्ष देखि १५ वर्षसम्मका ७० हजार ८ सय १५ बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम छ । नगरका १ सय बढी स्वास्थ्यकर्मीहरु परिचालन भई विद्यालयमै पुगेर खोप लगाउने गरी स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । १९ वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु प्रत्येक विद्यालयमा पुगेर खोप लगाउने छन् ।

बबई गाउँपालिकाको स्वास्थ शाखा प्रमुख हेमराज वलीले चैत्र २५ गतेदेखि सुरु हुने खोप अभियनमा पालिका भित्रका ९ हजार ८ सय ७५ जना बालबालिकाहरुलाई टाईफाईडविरुद्धको खोप लगाउने लक्ष्य राखेको जानकारी दिए । गढवा गाउँपालिकामा बुधबारदेखि चैत ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा १२ हजार १७५ जना बालबालिकाहरुलाई डाईफाईडविरद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।

उनका अनुसार ८४ जना स्वास्थ्यकर्मी स्वयंसेविका खटिएका छन् । दाङकै शान्तिनगर गाउँपालिकामा पनि ९ हजार ४५७ जना बालबालिकाहरलाई टाइफाईडविरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिए । बिहीबारदेखि सुरु भएको खोप कार्यक्रम वैशाख २ गतेसम्म चल्ने छ । जस्का लागि ४८ जना स्वयसेविका ४३ जना शिक्षिका र आलोपालो गरेर ४० जना स्वास्थ्यकर्मी खटाएको प्रमुख पुनले बताए ।

बंगलाचुली गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन हुँने कार्यक्रममा ९ हजार बढी बालबालिकाहरुलाई खोप लगाईने भक्त बहादुर जिसीले जानकारी दिए । उनका अनुसार ५५ जना स्वयमसेविका, १६ जना स्वास्थ्यकर्मी र ३८ जना शिक्षिका खटिएको छन् ।

त्यसैगरी राप्ती गाउँपालिकामा ११ हजार ६ सय जना बालबालिकाहरुलाई टाईफाईडविरद्धको खोप लगाउँने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए । उनका अनुसार चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि स्वयसेविका र शिक्षिका गरी ८२ जना र १६ जना स्वास्थ्यकर्मी खटाईएको छ ।

राजपुर गाउँपालिकामा पनि ८ हजार बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कमल रोकाले जानकारी दिए । दंगीशरण गाउँपालिकाका ६ हजार ३३८ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि ३७ स्वास्थ्यकर्मी र ७४ स्वयम सेवक रहेका छन् । भने लमही नगरपालिकाका १५ हजार ७५१ जना बालबालिकाहरुलाई टाईफाईडविरुद्धको खोप लगाउने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार