२० देशमा राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।

राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

यी हुन् राजनीतिक नियुक्ति पाएका १२ जना :

विष्णुपुकार श्रेष्ठ, चीन

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

जेपी प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामसुरज राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

सिफारिस भएका अन्य अधिकारीहरू

नरेश विक्रम ढकाल

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार