मध्यभारतमा गर्मी (तातो हावा) को लहर, बाँच्न कठिन

एजेन्सी । २ हफ्तादेखि उच्च गर्मीको लहरले अहिले भारतका धेरैजसो शहर प्रभावित बनेका छन् । मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरपश्चिम र मध्य भारतमा यो आगामी पाँच दिनसम्म जारी रहने सम्भावना रहेको र अधिकतम तापक्रम २ डिग्री सेल्सियससम्म बृद्धि हुने अनुमान लगाएको खबर छ।

हालको तातो हावाको लहर मुख्यतया पश्चिम राजस्थान,गुजरात र पश्चिम मध्य प्रदेश छेउछाउका क्षेत्रहरूमा मार्च २७ बाट शुरु भएको थियो र २९ सम्ममा पूर्वी राजस्थान,पूर्वी मध्य प्रदेश,दक्षिण हरियाणा, दिल्ली र उत्तर प्रदेशको दक्षिणी भागहरूमा फैलिएको थियो । यी राज्यहरूमा ४०-४२ डिग्री सेल्सियसवीचको गर्मी मापन रेकर्ड गरिएको आईएमडीको विज्ञप्तिमा जनाइएको छ।

बालक तथा बृद्ध र दीर्घकालीन रोग भएका व्यक्तिहरुहरुलाई सचेत रहन र गर्मीको जोखिमबाट बच्न पर्याप्त पानी पिउन,हल्का वा सुतीको कपडा लगाउन अनि बाहिर निस्कंदा टोपी वा छाताको प्रयोग गर्न सुझाव दिईएको छ।

श्रोत: सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार