युक्रेनको राजधानी किभबाट रुसी सेना पूर्णरुपमा हटेको अमेरिकाको दाबी

एजेन्सी । युक्रेनको राजधानी सहर किभ र चेर्निहिभ सहरबाट रुसी पूर्णरुपमा फिर्ता गइसकेको अमेरिकाले दाबी गरेको छ । पेन्टागनका अधिकारी जोन किर्बीले किभ र चेर्निहिभबाट अहिले रुसी सेना पूर्णरुपमा फिर्ता गइसकेको बताएका हुन् ।

उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो राणनीतिक लक्ष्य हासिल गर्न पूर्णरुपमा विफल रहेको बताए ।
‘उनीहरु अहिले सानो जनसंख्या रहेको क्षेत्रलाई पनि नियन्त्रणमा लिइरहेका छन्।

खारकिभलाई पनि उनीहरुले नियन्त्रणमा लिन सकेका छैनन्,’ किर्बीले भने । अमेरिकाको यो अभिव्यक्ति रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्ने बताएसँगै आएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अर्का एक अधिकारीले नाम नबताउने शर्तमा आगामी दिनमा रुसी सेना पुनः किभतर्फ अघि बढ्न सक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार