आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईको लगातार तेस्रो हार

एजेन्सी । कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

पुनेमा बुधवार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । यस जीत सँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ ।

मुम्बईको यो लगातार तेस्रो हार हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार