”जयेशभाइ जोरदार’ हेर्ने रोएनन् भने पैसा फिर्ता’

बलिउड अभिनेता रणवीर सिंहले आगामी फिल्म ‘जयेशभाइ जोरदार’ हेर्ने दर्शक रोएनन् भने पैसा फिर्ता गर्ने दाबी गरेका छन्।

उनी मंगलबार फेमिना ब्युटीफूल इन्डियन्स २०२२ को एक कार्यक्रममा सहभागी भएका थिए। उक्त कार्यक्रममा भारतीय सञ्चार माध्यम ईटाइम्ससँग कुराकानी गर्दै उनले भने, ‘यस्तो फिल्म बनेको छ। फिल्म हेर्ने रोएनन् भने पैसा फिर्ता।’

फिल्ममा रणवीरले गुजराती व्यक्तिको भूमिका निभाएका छन्। जो समाजको पितृसत्तात्मक सोचको विरुद्ध आवाज उठाउँछन्। दिव्यांग टक्करले निर्देशन गरेको फिल्ममा रणवीरसँगै शालिनी पाण्डे, बोमन इरानी र रत्न पाठक शाहको मुख्य भूमिका छ।

यो फिल्म सन् २०२२ मे १३ अर्थात वैशाख ३० गतेबाट प्रदर्शन हुँदैछ।

रणवीर हाल रोहित शेट्टीको फिल्म ‘सर्कस’को छायांकनमा व्यस्त छन्। फिल्ममा उनीसँगै पूजा हेगडे र ज्याकलीन फर्नांडिसको अभिनय रहेको छ। यो फिल्मको छायांकन सकिएपछि उनी ‘रकी और रानीकी प्रेम कहानी’ र ‘अन्नियन’को हिन्दी रिमेकमा देखिनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार