पल शाहलाई थुनामा राख्न नवलपुर अदालतले पनि दियो आदेश

काठमाडौं । बलात्कार आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत नवलपरासी पूर्वले आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि अहिले उनलाई तनहुँ कारागार लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

शाहलाई थुनछेक बहसका लागि मंगलबार नवलपुर लगिएको थियो। नवलपुर अदालतले बकपत्रका लागि फेरि वैशाख ७ गते झिकाउन पनि आदेश दिएको छ। उनलाई फेरि वैशाख ७ गते नवलपुर अदालतमा उपस्थित गराइने भएको छ।

बुधबार शाहको तर्फबाट ९ जनाले र पीडित नाबालिग गायिकाको तर्फबाट सरकारी वकिलसहित ५ जनाले बहस गरेका थिए।नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई यसअघि जिल्ला अदालत तनहुँले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार