शंकर पोख्रेलले गरे घोराही–तुलसीपुर चारलेन सडकको ठेकेदारको बचाउ

  पहिलो पेज

 195 पटक हेरिएको


नेकपा एमालेका महासचिव शंकर पोखरेल लमही–तुलसीपुर चारलेन निर्माण कार्य अलपत्र पार्ने ठेकेदारको बचाउमा निकै समय खर्च गर्ने गरेका छन् ।

मंगलबार घोराहीमा चारलेनका ठेकेदार तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डेको बचाउ गरेका पोखरेलले बुधबार तुलसीपुरमा पनि बचाउकै भाषा बोेले ।

‘लमही–तुलसीपुर सडकलाई चारलेन बनाउने हाम्रो योजना छ । तर, अहिले एउटा ठूलो आरोप लगाउने गरियो–मेयरको छोरासंग जोडेर । खासमा उहाँले ठेक्का लिएको होईन्, सहजीकरण गरेको हो’, पछि काम अगाडी नबढेपछि उहाँले अहिले जिम्मेवारीबाट पनि छोडि सक्नु भयो, अब केन्द्र सरकार र सम्बन्धित ठेकेदारले उक्त सडक निर्माणको जिम्मा लिएर छिटो निर्माण गर्नुपर्छ ।’ सक्नु पर्ने समय भएपनि उक्त सडक अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । सडक चारलेनको कार्य अलपत्र पर्दा धेरै दुर्घटनाहरु हुने गरेका छन् ।

निर्वाचनको मुखैमा गरिएको यो उद्घाटन चुनाब केन्द्रित भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना पनि हुने गरेको छ । यो कुरामा शंकर पोखरेलको भाषणबाट पनि प्रमाणित हुन्थ्यो । करिब आघा घण्टा भाषण गरेका पोखरेलले आफ्नो पार्टीले गरेका कामको बढाई चढाई गरे । उनले आफ्नो कालमा दाङमा धेरै पुलहरु बनाएपनि त्यसको चर्चा नहुँने तर, काँग्रेसको बनाएको एउटा पुल बनाउदैमा धेरै चर्चा हुने गरेको बताए ।‘ ग्वारखोलामा २ वटा पुल बनायौं, अर्को बन्दैछ, ग्वारखोलामा तीन वटा पुल बन्नु सामान्य कुरा होईन्, बबईमा हाफ पुल थियो । त्यसलाई भजाएर राजनीति गरे, अहिले बबईमा तुलसीपुर क्षेत्रमा मात्रै २ वटा बन्दैछन् ।

हापुरखोलामा २ वटा पुल बन्ने प्रक्रियामा छन्’,उनले भने‘ पश्चिम तिरका खोलाहरुमा पनि पुल बन्दैछन। पातुखोलामा एउटा पुल अन्तिम चरणमा पुगेको छ, अर्को सुरु भएको छ, महंगो संरचनाका रुपमा रहेका पुल निर्माणको काम यो पाँच बर्षमा अघि बढायौं । तर, यी पुलको चर्चा हुँदैन ।’

तुलसीपुरको चासोको विषयका रुपमा रहेको एयरपोर्टको पनि उत्तिकै चर्चा गरे र दोष काँग्रेसकै टाउकोमा थुपारे ।‘ पहिलो पटक केपी वली प्रधानमन्त्री भएको बेला एयरपोर्ट विस्तार गर्ने कुरा अघि आयो । बजेटमा पनि आयो । केपी वलीको सरकार हटेपछि काठमाडौंको प्राबिधिक टोली आयो । काँग्रेसका नेताहरु लाम लागेर जानु भयो । काँग्रेसको सरकारका बेला उहाँहरुले ल्याएका प्राबिधिकहरुले एयरपोर्ट ठूलो बनाउन सम्भव छैन, भन्ने रिपोर्ट तयार गर्नुभयो’, उनले भने‘ काँग्रेसको पालामा ठूलो एयरपोर्ट बनाउन पाइदैन भन्ने, अहिले आएर एमालेले नारायणपुर बनाउन खोज्यो भनेर प्रचार गरियो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार