खुमलटार पुगेर पित्तबहादुरले प्रचण्डलाई भने : अध्यक्ष ज्यू गल्ती भयो

काठमाडौं । २ दिनभित्रै पुरानै पार्टी नेकपा (माओवादी केन्द्र) मा फर्किएका पित्तबहादुर डल्लाकोटीले बुधवार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

प्रचण्डकै निवास खुमलटार पगेर डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टीकरण दिएको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो,’ डल्लाकोटीको भनाइ उदृत गर्दै मल्लले भने।

डल्लाकोटीले चैत्र २१ गते ओलीको हातबाट टीका र माला लगाएर एमाले प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार