यताका राजदूत उता, उता गएका यता

काठमाडाैं । नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन आज दिउँसो काठमाडौं आएका छन् । उनी एअर इण्डियाको उडानबाट आएका हुन् ।

यसैबीच हिजो मात्रै विदेश सचिवमा बढुवाको निम्ति सिफारिस भएका भारतीय राजदूत विनयमोहन क्वात्रा अब नयाँ दिल्ली जाने भएका छन् । अप्रिल महिनाको अन्तदेखि सचिव श्रीहर्ष श्रृंगलाले अवकास पाउने भएकाले क्वात्राको बढुवा हुने भएको हो ।

यसअघि पनि नेपालमा राजदूत छँदै श्यामशरण विदेश मन्त्रालयको सचिवमा उक्लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार