‘अब दौडिन्छ अर्घाखाँची’को तयारी पुरा

अर्घाखाँची। अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ।

स्पोर्टस भ्वाइसको आयोजनामा भोलि भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए।

अब दौडन्छ अर्घाखाँची नाराका साथ सञ्चालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भूमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए।

कार्यक्रम अन्तरगत भोलि १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेसम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिइएको छ।

कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

विभिन्न इभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेहरूले ७ हजार र तृतीय हुनेले पाँच हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार