सल्यानमा जीप दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

  पहिलो पेज

 132 पटक हेरिएको

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। मंगलबार बिहान जीप दुर्घटना हुँदा शारदा नगरपालिका वडा नं.१ दारिमचौर बस्ने जिप सह-चालक १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा श्रीनगरस्थित कर्णाली अस्पतालमा मृत्यु भएको हो । भने २१ वर्षीय चालक थलराज ओली सामान्य घाइते भएको र प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

शारदा नगरपालिका वडा नं। १ को दारिमचौर स्थित कच्ची सडक खण्डमा मंगलबार बिहान करिब ६ बजेतिर दारिमचौर सल्यानबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार