तालमेलको मोडालिटी तय गर्न गठबन्धन छलफलमा

काठमाडौं । स्थानीयत तह निर्वाचनमा हुने तालमेलको मोडालिटी तयार पार्न सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु छलफलमा जुटेका छन् । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गरिसकेका गठबन्धनमा आवद्ध दलहरु तालमेलको मोडालिटीबारे छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकले आधारभूत रुपमा तालमेलका आधारहरु तय गर्ने बताइएको छ ।

चैत १७ गते बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । तालमेलका लागि प्रदेश, जिल्ला र पालिकास्तरीय समिति बनाउनेसमेत गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार