प्रचण्ड र माधव नेपालसँग चुनावी तालमेल हुँदैनः पोखरेल


घाेराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने बताएका छन । उनले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा भने एमाले रहेको प्रस्ट्याए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने बताएका छन ।

‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।’ उनले भने ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार