गायिका अरुज बनिन् ग्रामी जित्ने पहिलो पाकिस्तानी महिला

एजेन्सी । पाकिस्तानी गायिका अरुज आफताबले बेस्ट ग्लोबल म्युजि परफर्मेन्स अवार्ड हात पारेकी छन् ।

सन् २०२२ को ग्रामी अवार्डमा आफ्नो गीत ‘मोहब्बत’ बाट बेस्ट ग्लोबल म्युजि परफर्मेन्स अवार्ड हात पारेकी हुन् ।

। यो उनको करियरको पहिलो ग्रामी अवार्ड हो ।

अरुज आफताब ग्रामीका लागि मनोनीत हुने पहिलो पाकिस्तानी महिला पनि हुन् ।

आरुज आफताबलाई उत्कृष्ट नयाँ कालाकारका लागि पनि मनोनीत गरिएको थियो ।

यस श्रेणीमा एंजेलिक किडजू र बर्ना ब्वाय, फेमी कोटी, यूयूमा र विजकेड फुट टीम पनि मनोनयनमा परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार