आफ्नोविरुद्धमा रहेका देशका नागरिकलाई रुसले भिसा नदिने

काठमाडौं। रुसले आफ्नोविरुद्धमा रहेका देशका नागरिकलाई भिसा नदिने भएको छ।

सोमबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक आदेशमा हस्ताक्षर गर्दै अमित्र मूलुकलाई भ्रमणमा प्रतिबन्ध लगाएका हुन्।

विशेषगरी रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गर्ने मूलुकलाई पुटिनको यस कार्यकारी आदेश लागू हुनेछ।

रुसले युक्रेनमा आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रहरुले मस्कोमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार