कलेजो स्वस्थ राख्न के खाने ?

कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । हाम्रो दिनचर्या र भोजनका कारण कलेजोमा समस्या आउन सक्छ । जानौं केही भोजनहरु जसले कलेजो स्वस्थ राख्न मद्दत गर्दछ ।

स्याउको जुस : स्याउको जुस कलेजो स्वस्थ राख्न राम्रो मानिन्छ । साथै यसले तौल घटाउन पनि मद्दत गर्दछ ।

कागती : कागतीमा प्रचुर मात्रामा भिटामिन सी हुने गर्दछ जसले कलेजोलाई ग्लुताथिआन इन्जाइम प्रदान गर्न मद्दत गर्दछ ।

ग्रिन टी : ग्रिन टिमा नानोएल्कोहलिक पदार्थ हुने गर्दछ जसले कलेजोमा रहेका ससाना प्वाल बन्द गरेर फ्याट्टी लिवर हुन दिंदैन । यसले गर्दा कलेजो सुन्निन कम हुन्छ ।

बेसार : बेसारमा एन्टीअक्सिडेन्टले भरपुर मात्रामा हुन्छ । यो कलेजोको लागि एकदमै फाइदाजनक मानिन्छ ।

मेवाको बिउ : मेवाको बिउको सेवनले कलेजोको समस्या कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार