युरोपमा पनि चेरी ढकमक्क


जाडोयाम सकिएर वसन्त ऋतु शुरु भएसँगै पृथ्वीको उत्तरी गोलार्धमा जताततै चेरी फुल्न थालेको छ । अधिकांश बोट विरुवामा नयाँ पालुवा पलाउन थालेको छ । अलि गर्मी ठाउँमा फलफूलका बोटमा फूल फूल्न समेत थालेको छ ।

उता नेदरल्यान्डको राजधानी एम्स्टर्डम नजिकैको सहर एम्स्टेल्भिनमा हरेक वर्षझैं यो वष पनि ढकमक्क चेरी फुलेको छ । मार्च महिनाको मध्यदेखि अप्रिलको शुरुसम्म ट्युलिप फूल र चेरी फूल्नाले उक्त क्षेत्र निकै मनमोहक देखिने गरेको हो ।

यो समयमा स्थानीय बासिन्दा र वाह्य पर्यटकले प्रायः फूलैफूलको सुगन्धित वातावरणको आनन्द लिँदै उक्त स्थानमा समय बिताउने गरेका छन् ।

त्यहाँ चेरीका फूलसँग सम्बन्धित महोत्सवको समेत आयोजना गर्ने गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

फोटो : सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार