भुपेन्द्र थापा मगर बने नेपाल आइडल–४ का विजेता

काठमाडाैं । भुपेन्द्र थापा मागर नेपाल आइडल–४ का विजेता बनेका छन्। टप ३ मा नामगेल तामाङ, भुपेन्द्र थापा मगर र रञ्जित नेपाली परेका थिए।

अन्ततः भुपेन्द्रले नेपाल आइडलको यस सिजन जित्न सफल भएका हुन्।

भुपेन्द्रले ३० लाख रुपैयाँ र एउटा स्कुटर उपहार पाए।

प्रतियोगितामा तेस्रो स्थान हात पार्न रञ्जित नेपाली सफल हुँदा दोस्रो नाम्गेल तामाङ भए।

रञ्जितले ३ लाख रुपैयाँ र स्कुटर हात पारे। नाम्गेलले भने एउटा स्कुटर र ५ लाख रुपैयाँ पुरस्कार पाए।

यसअघि नेपाल आइडल–१ को विजेता वुद्ध लामा, दोस्रो सिजन रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाई विजेता बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार