कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिनपछि सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका अधिवेशन फेरि दुई दिन पर सरेको छ ।

बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि अर्थात् फागुन १५ गते गर्ने निर्णय गरेको हो।

अहिले नेपाल बारको सम्मेलन चलिरहेको र १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको निर्वाचन समितिले जनाएकाे छ ।

मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार