गठबन्धनको बैठकमा जसपा नजाने

काठमाडाैं । सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन । एमसीसी सम्झौता प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन आज साँझ पाँच बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ ।

जसपाका नेता प्रमोद साहका अनुसार पार्टी कामका लागि यादव मधेश प्रदेशमा व्यस्त रहेकाले आजको बैठकमा सहभागी नहुने भएका हुन । ‘अध्यक्ष उपेन्द्र यादवज्यू गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ साहको भनाइ छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका (एकीकृत समाजवादी), जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो । सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र यथास्थितिमा एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल संशोधन गरेर मात्र अगाडि बढाउनुपर्ने अडानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार