दाङमा चोरीको घटना बढ्दै, चोरीमा संलग्ग ५६ जना पक्राउ

  पहिलो पेज

 88 पटक हेरिएको


घोराही । पश्चिम दाङमा चोरीका घटना बढ्दो क्रममा प्रहरीले तथ्याङक देखाएको छ । प्रहरीको तथ्याङक हेर्दा गत वर्षको तुलनामा यस वर्ष चोरीका घटनामा बृद्धि भएको छ । गत वर्षमा १२ वटा चोरीका घटना भएकोमा चालूआर्थिक वर्षको साढे छ महिनाको अवधीमा नगद तथा जिन्सी सम्बन्धी १५ वटा चोरीका घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

चालूआर्थिक वर्षको गत साउनदेखि माघ २० गतेसम्मको विवरण अनुसार उक्त संख्यामा चोरी भएको हो । जुनगत आर्थिक वर्षको तुलना यस वर्षको साढे छ महिनाको अवधीमा चोरीका घटना बढी भएका छन् । प्रहरीका अनुसार वितेको साढे छ महिनाको अवधीमा सवैभन्दा धेरै गत असोज र माघ महिनामा चोरीका घटनाहरु भएका छन् । गत असोज र माघ २० गते सम्म ४­ र ४ चोरीका घटना भएको डिएसपी अर्यालले जानकारी दिए ।

यस्तैगरी चालु आर्थिक वर्षको साढे छ महिनाको अवधीमा गत मंसिरमा भने चोरीका घटना भएका छैनन । उनले दिएका जानकारी अनुसार चालूआर्थिक वर्षको गत साउनमा काठ चोरी सम्बन्धी एउटा, भदौमा कपडा र खसी चोरी सम्बन्धी दुईवटा, असोजमा मोवाएल चोरी सम्बन्धी चारवटा, कात्तिकमा खाद्य सामग्री तथा टिभी चोरी सम्बन्धी दुईवटा, पौषमा किराना सामान, मोवाएल, सुन चोरी सम्बन्धी दुई वटा र माघ २० गतेसम्म किराना समान,सुनका गरगहना,भाँडा बर्तन चोरी सम्बन्धी चारवटा भएका छन् ।

उक्त चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । जसमा २७ जना पुरुष र ५ जना महिला रहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । उक्त चोरीको घटनामा संलग्न भएका अन्य चार जना फरारको सुचीमा रहेको उनले जानकारी दिए ।

चोरी सम्बन्धी मुद्धामा ५३ जना पक्राउ
प्रहरीले दिएको तथ्याङक अनुसार गत आर्थिक वर्ष र चालूआर्थिक वर्षको माघ २० गतेसम्म भएका नगद तथा जिन्सी चोरी घटनामा संलग्न भएको आरोपमा ५३ जना पक्राउ परेका छन् । जस अन्र्तगत चालूआर्थिक वर्षको साउनमा भएको सालका काठ सम्बन्धी चोरी घटनामा ७ जना पक्राउ परेका छन् । त्यसैगरी भदौमा २ वटा चोरीका घटनामा ५ जना, असोजमा ४ ओटा मोबाईल पसल चोरीमा संलग्न भएको आरोपमा १२ जना पक्राउ २ जना फरार, कार्तिकमा २ वटा चोरी घटनामा २ जना पक्राउ परेका छन् ।

यस्तै पुसमा २ वटा चोरीका घटनामा २ जना र माघमा ४ वटा घटनामा चार जना पक्राउ परेका छन् । तुलसीपुरमा सवैभन्दा बढि मोवाईल चोरी हुने गरेको प्रहरीको तथ्याङकले देखाएको छ । पश्चिम दाङको चार पालिका मध्ये सबैभन्दा बढि तुलसीपुर बजार क्षेत्रमा चोरीका घटना भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार