गठबन्धन बैठकअघि मन्त्रिपरिषद बस्दै

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि सदनमा लैजाने निर्णय गर्न आज २ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजान विषयमा निर्णय गर्ने बुझिएको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको थियो ।

तर, त्यो भन्दा पहिला मन्त्रिपरिषदको बैठक बस्ने भनि प्रधानमन्त्री देउवाले समय मागेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गर्ने पक्षमा छन् । शीर्ष नेताहरुको बैठक अगाडि नै मन्त्रिपरिषदबाट एमसीसी अनुमाेलनका लागि सदनमा पेस गर्ने भनि निर्णय गरेर शीर्ष नेताहरुलाई दबाब दिने प्रधानमन्त्री योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार