काठमाडौँ । आज सुनको भाउ बढेको छ ।
हिंजाे एकै दिन १६०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १००० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिंजाे छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।