आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । हाल मुलुकमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नम्बर–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल पनि बिहान र बेलुकाको समयमा चिसो कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार