धेरै सुन लगाउने बप्पी लाहिरी: कति थियो सुन ?

काठमाडौं । बलिउडका चर्चित गायक तथा सङ्गीतकार बप्पी लाहिरी अब हामीबीच छैनन् । बप्पी लाहिरीको जन्म सन् १९५२ मा भारतको जलपाईगुडीमा भएको थियो । लाहिरीको वास्तविक नाम आलोकेश लाहिनी थियो । उनी प्रायः धेरै सुन लगाउँथे। लाहिरीसँगै उनको सुन पनि चर्चाको विषय बन्ने गरेको थियो ।

सन् २०१४ मा बप्पी लाहिरीले सेरामपुर लोकसभा सिटबाट चुनाव लडेका थिए । उम्मेदवारी दर्ता गर्दा उनले आफ्नो कुल सम्पत्ति उल्लेख गर्दै ७ किलो ५४ ग्राम सुन रहेको बताएका थिए ।

सो सुनको कुल मूल्य २८ लाख रुपैयाँभन्दा बढी रहेको छ । यति मात्र होइन, बप्पी लाहिरीसँग ४.६२ केजी चाँदी पनि थियो । यो चाँदीको आज कूल मूल्य ४ लाख ६५ हजार रुपैयाँ छ ।

उनको ३५ करोड रुपैयाँको कुल सम्पत्ति थियो । यसबाहेक उनीसँगै धेरै लग्जरी कारको पनि थियो । उनीसँग टेस्लाको एक्स कार थियो, जसको मूल्य ९६ लाख रुपैयाँ बढी छ ।

बप्पी लाहिरीले एउटा फिल्मका लागि ८ लाखदेखि १० लाख भारुसम्म पारिश्रमिक लिने गरेका थिए । त्यसै गरी, एक घण्टा लाइभ प्रदर्शनका लागि २०-२५ लाख भारतीय रुपैयाँ शुल्क लिइएको थियो। मिडिया रिपोर्टका अनुसार उनको वार्षिक कमाई करिब २.२ करोड भारु थियो भने व्यक्तिगत लगानी ११.३ करोड रुपैयाँ थियो ।

बप्पी लाहिरी आज हामी माझ छैनन् तर उनका उत्कृष्ट गीतहरू हामीबीच छोडेर गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार