दाङमा छोराले आफ्नै बुवाको घाँटी रेटेर हत्या

  पहिलो पेज

 105 पटक हेरिएको


दाङ । पश्चिम दाङमा छोराले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन् ।

शान्तीनगर गाउपालिका वडा नं ३ बेलडाडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबू कर्ण बहादुर मगरको धारीलो हतियारले घाटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुखदालीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताए । हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि बाबु छोराकोबीचमा पटक–पटक झगडा हुने गरेको स्थानीयले बताए पनि अहिले के कारणले बुवाबो हत्या गरेको हो भन्ने बारेमा केही नखुले पछि प्रहरीले थप अनुशन्धान गरीरहेकोे प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार