एमसीसीको विरोधः काठमाडौंमा चार दर्जन बढी समातिए

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको मागसहित विभिन्न दल र संगठनले गरेको विरुद्धको प्रदर्शनमा उत्रिएका चार दर्जन बढीलाई प्रहरीले समातेको छ । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट ५२ जना समातिएका हुन् ।

पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।

संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार