आज एमसीसी संसदमा पेस नहुने

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीको विरोधमा उभिने निर्णय गरेको छ । बैठकलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए ।

यसैबीच प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भोली बिहीबार गठबन्धन बैठक बस्नेबारे छलफल भएको छ । बैठक भोलि ३ बजे बस्ने उनीहरुबीच सहमति भएको छ । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार