भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन

नयाँ दिल्ली। भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन भएको छ।

आफ्नो डिस्को बीट्सका लागि परिचित लेहेरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लेहेरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए। उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो। तत्काल उनलाई अस्पताल पुर्याइएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन्।

लेहेरीलाई संगीत पारखीहरु बप्पी दा भनेर सम्बोधन गर्दथे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार