कार्यव्यवस्था समितिको बैठकमा एमाले सहभागी नहुने

काठमाडौं । नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । साथै, आज दिउँसो बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागी नहुने एमालेले जनाएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकको कार्यसूची तय गर्न अहिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर, बैठकमा आफूहरु सहभागी नहुने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

भट्टराईका अनुसार एमाले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेसम्म कार्यव्यवस्थामा उपस्थित नहुने भएको हो । पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार