एमसीसीको विरोधमा वाइसियल र अनेरास्ववियूले संसद भवन घेराउ गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भ्रातृ संगठनले संसद भवन घेराउ गर्ने भएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसदमा टेबल हुने सम्भावना बढेपछि दुवै भ्रातृ संगठनले विरोधमा संसद भवन घेराउ गर्न लागेका हुन् ।

माओवादीको युवा संगठन वाइसियल र नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको विरोधमा संसद भवन घेर्न लागेका हुन् ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ । माओवादी र नेकपा एसले भने यथास्थितिमा एमसीसी पास हुन नहुने बताइरहेको छ ।

आजको संसदमा एमसीसी सम्झौता टेबल हुने सम्भावना छ । संसद बैठकभन्दा अघि बस्ने कार्यव्यवस्था समितिले आजको संसद बैठकको कार्यसूची तय गर्नेछ ।

यस्तै एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार