ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेकाे छ।

आज १२०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार