काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा रहेको छ । यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।
ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० सिरिजमा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो।
सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।
चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।