राप्रपा पनि एमसीसीविरुद्ध सडकमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध आन्दोलन गर्ने भएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी लगायतको बैठकले एमसीसीको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकाल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा उभिने निर्णय गरेको हो । आफ्नो भातृ संगठनहरुलाई एमसीसीको विरोधमा भोलि काठमाडौंमा उतार्ने निर्णय भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

एमसीसीलाई लिएर जनता विभाजित भइरहेको र दलबीच समझदारी नभएको भन्दै राप्रपाले २१ वटा भातृ संगठनलाई संयुक्त रुपमा सडकमा उतार्ने निर्णय गरेको उनले बताए ।

बुधबार काठमाडौंको बबरमहलबाट शुरु हुने र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुने राप्रपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार