कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले भोलि मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो ।

बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसीसी, एमालेद्वारा संसद बैठकमा जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार